खोटाङ, ४ फागुन । एमसीसी सम्झौता विरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु गरिएको छ । एमसीसी सम्झौताको विरुद्ध नागरिक समाजकातर्फबाट दिक्तेलबजारमा हस्ताक्षर संकलन सुरु गरिएको हो ।
पुरानो बेसक्याम्पबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियान दिक्तेलबजारको किरातचोक, त्रिबेणीचोक, हाटडाँडा, भवनगैरा लगायतका क्षेत्रमा सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई पठाइने हस्ताक्षर संकलन अभियानमा सहभागी टंक थापाले बताए ।
‘नो एमसीसी, गो व्याक एमसीसी, रेजेक्ट एमसीसी, एमसीसी फिर्ता गर’ लगायतका नारा लेखिएको प्लेकार्ड छातीमा टाँसेर एमसीसी सम्झौता विरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको हो ।