शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

एमसीसी सम्झौता विरुद्ध दिक्तेलमा युवा तथा विद्यार्थी संगठनको विरोध प्रदर्शन

एमसीसी सम्झौता विरुद्ध दिक्तेलमा युवा तथा विद्यार्थी संगठनको विरोध प्रदर्शन

रोदिक खबर

४, फाल्गुण २०७८
  • 4.8K
    SHARES
  • एमसीसी सम्झौता विरुद्ध दिक्तेलमा युवा तथा विद्यार्थी संगठनको विरोध प्रदर्शन

    खोटाङ । एमसीसी सम्झौता विरुद्ध खोटाङमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट युवा तथा विद्यार्थी संगठनले विरोध जुलुस प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय विरुद्ध वाइसिएल नेपाल, युवा संघ नेपाल, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्वबियूले दिक्तेलबजारमा संयुक्त रुपमा विरोध जुलुस निकालेका हुन् । 

    ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनता रक्षा गरौं’ भन्ने नारा लेखिएको कालो व्यानर बोकेर युवा तथा विद्यार्थी संगठनले दिक्तेलको पुरानो बेस क्याम्पबाट किरातचोक (रत्नपार्क)सम्म बिरोध प्रदर्शन गरेका हुन् ।

    उनीहरुले ‘एमसीसी चाहिदैन, एमसीसी मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, दलालहरु होसियार, देश बेच्न पाइदैन, देशभक्त शक्ति एकजुट होऔं, राष्ट्रिय स्वाधिनता जिन्दावाद’ लगायतका नारा घन्काएका थिए । एमसीसीको बिररुद्धमा चर्का नारा लगाउँदै हिँडेको जुलुस किरात चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

    कोणसभालाई अनेरास्ववियूका केन्द्रिय सचिव शम्भु घिमिरे र वाइसिएल नेपालका केन्द्रिय सदस्य एबं जिल्ला इन्चार्ज मिलनचन्द्र राईले सम्बोधन गरेका थिए । नेताद्धयले एमसीसी पास गर्ने पक्षमा उभिने प्रतिनिधि सभा सदस्यलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् । 

    प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १८:४०:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको