• ट्रेण्डिङ:

कांग्रेस नेता गिरीले गरे पाथेकाका जेष्ठ नागरिकहरुलाई सम्मान

कांग्रेस नेता गिरीले गरे पाथेकाका जेष्ठ नागरिकहरुलाई सम्मान

रोदिक खबर

११, फाल्गुण २०७८
  • 5.5K
    SHARES
  • कांग्रेस नेता गिरीले गरे पाथेकाका जेष्ठ नागरिकहरुलाई सम्मान

    खोटाङ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता रुद्र गिरीले जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाका २० जना जेष्ठ नागरिकलाई फलफुल वितरण गर्दै खादा ओढाएर सम्मान गरेका हुन् । जेष्ठ नागरिकसहित गिरीले सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय प्रतिनिधि छनौट भएका सो वडाका क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद तथा वधाई ज्ञापन गरेका छन् ।

    ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पु¥याउन तथा जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा साटासाट गर्न गिरीले सो कार्यक्रमको आयोजना गरेकाबताएका छन् ।

    ज्येष्ठ नागरिकहरुको मनोवल उच्च बनाउन गिरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडामा ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ गर्ने बताइएको छ । गरीले वडा नम्ब १५ विजयखर्कमा यसअघि नै सम्मान कार्यक्रम गरिसकेको बताए ।

    rudra1.jpg

    आसन्न स्थानीय तहको निर्वाचनमा सही नेतृत्व छान्न र गाउँको विकासलाई परिवर्तन गर्न जेष्ठ नागरिकको भूमिका उल्लेखनीय हुने गिरीको भनाई छ । कार्यक्रममा बाम्राङका वडा सभापति सुरेश कार्की, पाथेका पूर्व वडा सभापति पदम राई लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - २०:५४:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको