• ट्रेण्डिङ:

कर्मचारी युनियन खोटाङद्वारा चुस्तदुरुस्त निजामती सेवा ऐन जारी गर्न माग

कर्मचारी युनियन खोटाङद्वारा चुस्तदुरुस्त निजामती सेवा ऐन जारी गर्न माग

रोदिक खबर

१५, चैत्र २०७८
  • 2.3K
    SHARES
  • कर्मचारी युनियन खोटाङद्वारा चुस्तदुरुस्त निजामती सेवा ऐन जारी गर्न माग

    खोटाङ । नेपाल निजामती कर्मचारी युनियन खोटाङले सेवा प्रवाहलाई चुस्तदुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिकमैत्री गराउने कार्यमा सहयोग पुग्नेगरी निजामती सेवा ऐन जारी गर्न माग गरेको छ ।

    जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउँदै निजामती कर्मचारी युनियनले सार्वजनिक प्रशासनका विश्वव्यापी आधारभुत मूल्य मान्यता एवं कानूनका सर्वमान्य सिद्धान्त समेतलाई मनन गरी नेपाल निजामती कर्मचारी युनियनबाट विभिन्न मिति र समयमा पेश भएका सुझाव समेतलाई समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको हो ।

    नेपाल निजातमी कर्मचारी युनियनका जिल्ला अध्यक्ष प्रकाश मिघिरेले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठमार्फत पठाएको ज्ञापन–पत्रमा समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रकृयामा सरोकारवाला पक्षको अर्थपुर्ण सहभागिता अपरिहार्य रहेको औंल्याइएको छ ।

    नेपाल निजामती कर्मचारी युनियनले समायोजन संशोधन, अन्तर तह सरुवा, अनुमानयोग्य सरुवा प्रणाली, सुधारोन्मुख बढुवा प्रणाली, शाखा अधिकृत पदपूर्ति पुःर्नविचार, बन्द हड्ताल सहितको ट्रेड युनियन, एउटै पदमा १० वा १२ वर्ष काम गरेकालाई स्वतः बढुवा, स्वास्थ्य र स्थानीय तहका कर्मचारी सहितको आधिकारिक ट्रेड युनियन लगायतको माग उठाउँदै आएको छ ।

    ga.jpg
    युनियनले सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामति सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

    ज्ञापन–पत्र बुझाउन नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य अनिल आचार्य, इरन राई, प्रदेश उपाध्यक्ष भगतप्रसाद आचार्य लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।  गृह–मन्त्रालयले आफु अन्तरगतका निकायबाट अन्य मन्त्रालय सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेपछि कर्मचारी भने असन्तुष्ट बनेका छन् ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १७:५७:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको