• ट्रेण्डिङ:

राप्रपाले गर्‍यो मेयरका उम्मेद्वार सिफारिस, अन्य दललाई उम्मेद्वार टुंग्याउन सकस 

राप्रपाले गर्‍यो मेयरका उम्मेद्वार सिफारिस, अन्य दललाई उम्मेद्वार टुंग्याउन सकस 

रोदिक खबर

८, बैशाख २०७९
  • 8.3K
    SHARES
  • राप्रपाले गर्‍यो मेयरका उम्मेद्वार सिफारिस, अन्य दललाई उम्मेद्वार टुंग्याउन सकस 

    खोटाङ, ८ बैसाख । राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ ।

    कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सम्वद्ध गठबन्धन र नेकपा एमालेले हालसम्म उम्मेद्वारको टुंगो लगाउन नसकिरहेको अवस्थामा राप्रपा नगर कमिटिले मेयरमा जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपमेयरमा चन्द्रकुमारी राई तारा, टिकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको हो । बिहिबार दिक्तेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा राप्रपाले नगरपालिकाको उम्मेद्वारको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गरेको जानकारी दिएको हो । 

    उम्मेद्वारमा सिफारिस भएका श्रेष्ठ राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष र राई वर्तमान जिल्ला अध्यक्ष हुन् । बस्नेत क्षेत्र (ख) का अध्यक्ष हुन् । यस्तै, उपमेयरमा सिफारिस भएकी विश्वकर्मा राप्रपाकी जिल्ला कोषाध्यक्ष, राई राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटि अध्यक्ष र खत्री नगर कमिटि उपाध्यक्ष हुन् ।

    खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाका अन्य स्थानीय तहबाट पनि आकांक्षीको नामावली सिफारिस भएर आएको राप्रपाका जिल्ला अध्यक्ष राईले बताए । सिफारिस भएर आएका नामावलीमध्येबाट सहमतीमा उम्मेद्वारको टुंगो लगाइने राप्रपाले जनाएको छ । 

    जिल्लामा गठबन्धन दलले प्रमुख र उपप्रमुखको भागबण्डा गरेपछि उम्मेद्वार टुंग्याउन सकेको छैन । यस्तै, एमालेले पनि हालसम्म प्रमुख र उपप्रमुखको टुंगो लगाएको छैन ।

    यसैविच, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दिक्तेलमा स्थापना गरिएको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। दिक्तेलबजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको बिहीबार राप्रपाका केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख रबिन चाम्लिङले उद्घाटन गरेका छन्। 
    पार्टी कार्यालय उद्घाटन गर्दै चाम्लिङले मेची महाकालीमा जस्तै यहाँ पनि राप्रपा पार्टीलाई जनताबाट स्वस्फुर्त ऊर्जा मिल्ने अपेक्षा गरेर केन्द्रबाट आएको बताए। राप्रपा चुनावी माहोलमा होमिएका छन्।

    प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १९:४६:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको