• ट्रेण्डिङ:

खोटाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

खोटाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

रोदिक खबर

११, बैशाख २०७९
  • 6.4K
    SHARES
  • खोटाङका १० वटै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

    खोटाङ, ११ बैशाख । खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेको प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लागेको छ । एमाले जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटिले आइतबार दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेद्वार टुंगो लगाएको हो ।

    सबैको नजर पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईमध्ये एकलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ ।

    यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेद्वार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ ।

    एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेद्वार बनाइएका हुन् ।

    २०७४ सालकै निर्वाचनमा केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई, उपाध्यक्षमा निर्वाचित बिमला राई तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्षमा चुनिएकी पुष्पकला भुजेलले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा चुनाव लड्ने मौका पाएका हुन् ।

    २०७४ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा चुनिएका दिपनारायण रिजाल, खोटेहाङ गाउँपालिका अध्यक्षमा निर्वाचित प्रदीप राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा निर्वाचित लिलानाथ निरौला, रावाबेँसी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित समला राई र केपिलासगढी गाउँपालिका उपाध्यक्षमा चुनिएकी हिरादेबी वन चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।

    एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा भने दुई जनाको नाम सिफारिस गरेको छ । यसअघि उपमेयरमा निर्वाचित भएकी बिणादेबी राई दोश्रो कार्यकालका लागि सोही पदमा सिफारिस भएकी हुन् ।

    यद्यपी उपमेयरमा सिफारिस गरिएकोप्रति बिणादेबीको चर्को असन्तुष्टि देखिएको छ । मेयरमा दाबी गर्दैआएकी उनले सामाजिक सञ्जालमै उपमेयरमा नउठ्ने भनिरहेकी छन् ।

    मेयरको आकांक्षी भए पनि कार्यदलले थाहै नदिइ आफ्नो नाम उपमेयरमा सिफारिस गरेको बिणादेबीको गुनासो छ । उपमेयरमा नदोहोरिने अडान लिएकै कारण उपमेयर दुई जनाको नाम सिफारिस भएको श्रोतले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २२:३७:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको