• ट्रेण्डिङ:

दिक्तेलमा पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि तीर्थराज भट्टराई कांग्रेसको मेयरको उम्मेद्वार कायम

दिक्तेलमा पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि तीर्थराज भट्टराई कांग्रेसको मेयरको उम्मेद्वार कायम

रोदिक खबर

१४, बैशाख २०७९
  • 5.7K
    SHARES
  • दिक्तेलमा पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि तीर्थराज भट्टराई कांग्रेसको मेयरको उम्मेद्वार कायम

    खोटाङ, १४ बैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीर्थराज भट्टराई कांग्रेसको मेयरको उम्मेद्वार कायम भएका छन् । कांग्रेसकातर्फबाट मेयरमा भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको बिषयमा अन्योल सिर्जना गरेको थियो । कांग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई मेयरको टिकट दिएपछि ‘को आधिकारिक उम्मेद्वार हुन्’ भन्ने विवाद चर्किएको थियो । 

    पोखरेलले बुधबार साँझ कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई कांग्रेसको मेयरका एक मात्र उम्मेद्वार कायम भएका छन् । कांग्रेसकातर्फबाट दुई जनाको उम्मेद्वारी दर्ता भएपछि गठबन्धन कायम हुने÷नहुनेमा समेत आशंका पैदा गरेको थियो । 

    गठबन्धन दलबीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने सहमती भएको थियो । सो सहमती अनुसार माओबादी केन्द्रले भने बिसन राईलाई उपमेयरको उम्मेद्वार बनाएको छ । तर कांग्रेसको उम्मेद्वार चयनमा भने विवाद सिर्जना भएको हो ।

    ‘हामी आपसमा लड्नुभन्दा लोकतन्त्र र विकास विरोधी शक्तिसँग लड्नुछ । प्रतिगमनको विरुद्धमा गठबन्धन आवद्ध दलहरु एक भएर अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा छ,’ पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘कांग्रेसका नेताहरुसँग गहन छलफल र उहाँहरुको आग्रह पश्चात मैले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छु ।

    d.jpg

    नगरको संमृद्धिको सपना र योजना हाम्रा साझा उम्मेदवार तीर्थराज भट्टराईमार्फत पूरा हुनेछ ।’ पोखरेलले विभिन्न पालिका र वडामा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे । 

    मूख्य निर्वाचन अधिकृतको कार्यालयमा एउटै दलबाट दुई जनाको मनोनयन दर्ता भएपछि उम्मेदवारी खारेज हुने आशंकामा माओवादी केन्द्रकातर्फबाट दुर्गाजयन्ती राईले मेयरमा मनोनयन दर्ता गराएकी थिईन् । मेयरको उम्मेदवारका विषयलाई लिएर कांग्रेसभित्र किचलो सुरु भएपछि माओवादी केन्द्रकै नेता विकास राईले स्वतन्त्र र जसपाका नेता सूर्यबहादुर राईले पनि मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।

    यस्तै, गठबन्धनभित्रकै नेकपा एकीकृत समाजवादीका नेता भागवत घिमिरेले उपमेयरमा मनोनयन दर्ता गराएका छन् । तर कांग्रेसको एकल उम्मेद्वार कायम भएसँगै अन्य नेताको उम्मेद्वारी फिर्ता हुने कांग्रेस नेता रोजन राईले बताए । 

    dd.jpg

    प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - २३:०२:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको