अर्थमन्त्री खतिवडाले दिए राजीनामा

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

रोदिक खबर

१९, भाद्र २०७७
  • 4.8K
    SHARES
  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् ।

    सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा दिएका हुन् ।

    संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

    ६ महिना अघि फागुन २१ गते अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका खतिवडाले ओलीलाई बिहीवार नै राजिनामा दिन्छु भनेको स्रोतले बताएको छ ।

    प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १३:२७:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको