• ट्रेण्डिङ:

राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन

राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन

रोदिक खबर

२२, जेठ २०७९
  • 4.6K
    SHARES
  • राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन

     जेठ २२, खोटाङ । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको उपचारको क्रममा निधन भएको छ । शुक्रबार खोटाङको दिक्तेलबजारमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो ।

    सवारी दुर्घटनामा परी गम्भीर घाईते भएपछि हेलीकोप्टरमार्फत न्युरो अस्पताल बासबारी पुर्‍याइएका ५६ वर्षीय श्रेष्ठलाई अस्पतालले आइतबार मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रबिन चाम्लिङले बताए ।

    श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको बाईकले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो । स्पीडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा चिन्ताजनक अवस्थामा अस्पताल लगिएको थियो ।

    श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगरप्रमुखका उम्मेदवार थिए । श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको केन्द्रीय सदस्य चाम्लिङले बताएका छन् ।  जिल्लामा भ्रष्टाचार र बेथितिका बिरुद्ध निडरताका साथ खुलेर बोल्ने र बिरोध गर्ने नेताका रुपमा उनी परिचित थिए ।

    सवारी दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय बिष्णुकुमारी राई पनि घाईते भएकी छन् । हेलीकोप्टरबाट श्रेष्ठसँगै काठ्माण्डौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ । बाइक चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते बिष्णुकुमारी र अभिषेक आमाछोरा हुन् ।

    प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - १३:२९:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको