• ट्रेण्डिङ:

१७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा वितरण

१७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा वितरण

रोदिक खबर

९, आषाढ २०७९
  • 2.0K
    SHARES
  • १७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा वितरण

    खोटाङ, ९ असार । खोटाङका १७१ ज्येष्ठ नागरिकलाई पावरवाला चश्मा वितरण गरिएको छ । ज्येष्ठ नागरिकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक संघको समन्वयमा नेपाल नेत्र ज्योती संघले बिहिबार दिक्तेलमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई आवश्यकताको आधारमा पावरवाला चश्मा प्रदान गरिएको हो ।

    पावरवाला चश्माको सहयोगमा उज्यालो देख्न पाउँदा ज्येष्ठ नागरिक हर्षित हुँदै घर फर्किएका छन् । संघले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लक्ष्यित गर्दै आँखा उपचार केन्द्र दिक्तेलमा निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममार्फत १७४ ज्येष्ठ नागरिकले आँखा जाँच गराएका छन् ।

    निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रममार्फत मोतयिाबन्दिुको अप्रेसन गर्नुपर्ने ४५ बिरामीको पहिचान गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतियाबिन्दुको अप्रेसनका लागि पहिचान गरिएका ज्येष्ठ नागरिकलाई पुःन बोलाएर आँखाको शल्यक्रीया गरिने नेत्र ज्योती संघले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ ९, २०७९ बिहिवार - २३:३६:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको