• ट्रेण्डिङ:

वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

रोदिक खबर

१४, आषाढ २०७९
  • 2.8K
    SHARES
  • वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् ।

    पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ ।  पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जनकारी दिइयो ।

    पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की छन् । पार्टीको आठ सदस्यीय सचिवालय पनि घोषणा गरिएको छ । नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए । नेकपालाई पुनर्जीवित गर्ने प्रयासमा रहेका उनी पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गरेका हुन् ।
    यस्तो छ सचिवालय– 
    संयोजक – वामदेव गौतम 
    सचिव– डिबी कार्की 
    सदस्य – ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल ।

    हेर्नुस् विज्ञप्ति 

    b2.jpg

    प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १५:५५:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको