• ट्रेण्डिङ:

रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

रोदिक खबर

१७, आषाढ २०७९
  • 3.6K
    SHARES
  • रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

    काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए । 

    पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ ।

    प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - १६:२७:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको