बिहिवार, कार्तिक १३ गते २०८३

तत्काल प्रदेशको नामाकरण गर्न सक्ने सम्भावना छैन : मन्त्री राई

तत्काल प्रदेशको नामाकरण गर्न सक्ने सम्भावना छैन : मन्त्री राई

रोदिक खबर

३, भाद्र २०७९
  • 3.6K
    SHARES
  • तत्काल प्रदेशको नामाकरण गर्न सक्ने सम्भावना छैन :  मन्त्री राई

    खोटाङ । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामाकरणको सम्भावना टरेको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकातर्फबाट प्रदेश नामाकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पु¥याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामाकरणको सम्भावना टर्दै गएको बताएका हुन् । 

    एकल पहिचान, बहुपहिचान वा भुगोलका आधारमा प्रदेशको नामाकरण गर्ने विषयमा दलबीचमा मतभेद हुँदा पाँच वर्षसम्म प्रदेशको नामाकरणले किनारा पाउन नसकेको मन्त्री राईको भनाइ थियो । मन्त्री राईले प्रदेशको पहिचान सहितको नामाकरणमा एमालेको साथ नहुने भएकाले वर्तमान गठबन्धन सरकारले मात्र नामाकरण गर्न सक्ने अवस्था नभएको बताए । ‘प्रदेशको नाम ल्याउनुपर्छ भन्ने छ तर गठबन्धनलाई ५० सांसदको समर्थन चाहिन्छ । त्यसका लागि एमालेको साथ चाहिन्छ । एमाले कोशीभन्दा दायाँवायाँ गर्नुहुन्न भन्ने पक्षमा छ,’ मन्त्री राईले भने, ‘यही कारण सम्भवतः यो कार्यकालमा प्रदेशको नाम आउने देखिन्न ।’ 
    मन्त्री राईले निवर्तमान मूख्यमन्त्री शेरधन राईले चाहेको भए यसअघि नै प्रदेशले नाम पाइसकेको अवस्था हुने उल्लेख गरे । तर, ओलीको निर्देशनमा शेरधनले पहिचान सहितको नामाकरण गर्न नसकेको टिप्पणी गरे । मन्त्री राईले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान विरोधीलाई चिनेर मत दिनुपर्ने बताएका छन् । 
    प्रदेश १ मा एमाले ३९, कांग्रेस २१, माओवादी केन्द्र १५,  एकीकृत समाजवादी १०, जसपाक ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना सांसद छन् । नामाकरणका लागि दुई तिहाई बहुमत अर्थात ६२ सांसदको समर्थन चाहिन्छ । 
    क्याप्सनः पत्रकार सम्मेलनमा बोल्दै खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) । तस्बीरः दमन राई 

    प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - ०९:३०:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको