• ट्रेण्डिङ:

देशले सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री देउवा

देशले सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री देउवा

रोदिक खबर

५, भाद्र २०७९
  • 1.8K
    SHARES
  • देशले सच्चा र असल नेता गुमायो : प्रधानमन्त्री देउवा

     प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदीप गिरीको निधनमा दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीको निधनले एक असल र सच्चा नेता गुमाएको प्रधानमन्त्री देउवाले जनाएका हुन् ।

    'नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु,’ देउवाले भनेका छन, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।

    उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’ प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको उपचारका क्रममा गएराती ९ः३० मा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

    प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - ०८:३७:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको