• ट्रेण्डिङ:

खोटाङ कांग्रेसले गिरिको सम्झनामा पार्टी कार्यालयमा शोक पुस्तिका राखी १ :०० वजे शोक सभा कार्यक्रम गर्दै

खोटाङ कांग्रेसले गिरिको सम्झनामा पार्टी कार्यालयमा शोक पुस्तिका राखी १ :०० वजे शोक सभा कार्यक्रम गर्दै

रोदिक खबर

५, भाद्र २०७९
  • 3.5K
    SHARES
  • खोटाङ कांग्रेसले गिरिको सम्झनामा पार्टी कार्यालयमा  शोक पुस्तिका राखी १ :०० वजे शोक सभा कार्यक्रम गर्दै

    नेपाली कांग्रेस खोटाङले  कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य स्वर्गीय  प्रदिप गिरिको सम्झनामा आज (आइतवार) पार्टी कार्यालयमा शोक पुस्तिका राखी शोक सभा कार्यक्रम  गर्ने भएको छ ।

    नेपाली काग्रेस खोटाङका सभापति विष्णुकुमार राईले सामाजिक सञ्जालमार्फत  गिरिको निधनप्रति दुःख व्यक्त गर्दै वीपी स्मृतिभवन दिक्तेलमा अपरान्ह १:०० वजे श्रद्धाञ्जली अर्पण गर्न र शोकपुस्तिकामा समवेदना अर्पण गर्न सबैलाई आग्रह गरेका छन् ।

    यस्तै, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य  गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको हो ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ ।

    पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।
    ७५ वर्षीय गिरिको शनिबार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
    भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

    प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - ०९:३४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको