• ट्रेण्डिङ:

कर्मचारीहरुको तलबभत्ता फेरि हेरफेर गर्ने सरकारको निर्णय (यी हुन् सरकारको १६ बुँदे निर्णय)

कर्मचारीहरुको तलबभत्ता फेरि हेरफेर गर्ने सरकारको निर्णय (यी हुन् सरकारको १६ बुँदे निर्णय)

रोदिक खबर

७, भाद्र २०७९
  • 7.0K
    SHARES
  • कर्मचारीहरुको तलबभत्ता फेरि हेरफेर गर्ने सरकारको निर्णय (यी हुन् सरकारको १६ बुँदे निर्णय)

     काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक गरिएको छ ।

    ‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमतासमेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गर्ने’ निर्णयमा भनिएको छ ।

    विभिन्न १६ वटा निर्णय गरेको सरकारले आर्थिक वर्ष २०७९–०८० को लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहहरुको अस्थायी दरबन्दी र सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास आयोजनारकार्यक्रमहरु सञ्चालन गर्न राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी गरी ५८४ अस्थायी दरबन्दी स्वीकृत गरेको बैठकले निर्णय गरेको छ ।

    फौजदारी कसुर (कैद कट्टा) (दोस्रो संशोधन) निमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको सरकारले विद्युतीय सुशासन समाधान निर्देशिक २०७९ स्वीकृत गरेको छ ।

    यी हुन् सरकारको १६ बुँदे निर्णय

    talab.jpgtalab1.jpg

    प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - १७:३४:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको