• ट्रेण्डिङ:

प्रदेशसभा निर्वाचनका लागि कांग्रेस पार्टी सभापति सहित छ जना सिफारिस

प्रदेशसभा निर्वाचनका लागि कांग्रेस पार्टी सभापति सहित छ जना सिफारिस

रोदिक खबर

१८, भाद्र २०७९
  • 7.6K
    SHARES
  • प्रदेशसभा निर्वाचनका लागि कांग्रेस पार्टी सभापति सहित छ जना सिफारिस

    खोटाङ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय कार्य समितिले प्रदेससभा निर्वाचनका लागि पार्टीका जिल्ला सभापतिसहित ६ जनाको नाम प्रत्यक्षतर्फ सिफारीस गरेको छ। आसन्न प्रदेससभा निर्वाचनको प्रत्यक्षतर्फ सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, पूर्णबहादुर खड्का र  शम्भु कार्की को नाम सिफारिस गरेको हो।

    यस्तै, समानुपातिकतर्फ शहरमान राई (खुल्ला पुरुष तर्फ) महिलातर्फ कमला राईलाई सिफारिस गर्दै इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकाललाई समेत समावेश गरी जिल्ला कार्य समितिलाई पठाईएको प्रदेश ‘ख’ क्षेत्रिय कार्य समिति सभापति दिनेशकुमार घिमिरेले बताए।

    उम्मेदवार सिफारिसका लागि १६ भदौमा साकेला गाउँपालिका मात्तिम मानेभन्ज्याङमा बैठक डाकिएको थियो। तर, विवाद भएपछि १८ भदौमा विपि स्मृति भवन दिक्तेलमा बैठक बसेर उम्मेदवारको सिफारिस टुङगो लगाईएको हो।

    प्रदेश ‘क’ क्षेत्रीय कार्य समितिले प्रदेससभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारमा नरेशकुमार श्रेष्ठ, विरकाजी राई, जितेन्द्र सिंह ठकुरी, धर्मराज पोखरेल, इवन राई, मनोज तिम्सिना, विश्वनाथ निरौला र गोपाल सैजुलाई सिफारिस गरेको छ।

    समानुपातिकतर्फ रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई हिरा निरौला तथा महिलातर्फ डिल्लीकुमारी आचार्य र देबी राईलाई सिफारिस गरेको छ। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिसका लागि भने यो समाचार तयार पार्दा विपि स्मृति भवन दिक्तेलमा बैठक बसिरहेको छ। साँझसम्म उम्मेदवार टुङगो लाग्ने एक नेताले बताए।

    प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - १८:१५:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको