• ट्रेण्डिङ:

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट प्रत्यक्षतर्फ १० जनाको नाम  सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट प्रत्यक्षतर्फ १० जनाको नाम  सिफारिस

रोदिक खबर

१८, भाद्र २०७९
  • 17.7K
    SHARES
  • प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट प्रत्यक्षतर्फ १० जनाको नाम  सिफारिस

    नेपाली कांग्रेस खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १० जनाको नाम  सिफारिस गरेको छ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ खोटाङबाट सर्वधन राई, सुवाशकुमार पोखरेल, भुपेन्द्र राई,  हिरा गुरुङ, डा. राजकुमार राई,  रोजन राई, रामप्रसाद आचार्य (आरपी), बिष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम सिफारिस गरेको हो।

    ganesh.jpg

    यस्तै, समानुपातिक महिलातर्फ सरस्वती बजिमय र शान्तिदेवी राईको नाम सिफारिस गरेको छ भने समानुपातिक पुरुषतर्फ दिनेश राई,  जनककुमार कार्की, गणेश थापा, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको नाम सिफारिस गरिएको नेपाली कांग्रेस खोटाङले जनाएको छ । १८ भदौमा वीपी स्मृति भवन दिक्तेलमा बैठक बसेर उम्मेदवारको टुङगो लगाईएको हो।

    यस्तै, प्रदेश ‘क’ क्षेत्रीय कार्य समितिले प्रदेससभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारमा नरेशकुमार श्रेष्ठ, विरकाजी राई, जितेन्द्र सिंह ठकुरी, धर्मराज पोखरेल, इवन राई, मनोज तिम्सिना, विश्वनाथ निरौला र गोपाल सैंजुलाई सिफारिस गरेको छ।

    समानुपातिकतर्फ रोजन राई, दुरेन राई, पेशलकुमार राई, राजनशेर राई हिरा निरौला तथा महिलातर्फ डिल्लीकुमारी आचार्य र देबी राईलाई सिफारिस गरेको छ। 

    यस्तै, नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय कार्य समितिले प्रदेससभा निर्वाचनका लागि  ६ जनाको नाम प्रत्यक्षतर्फ सिफारीस गरेको छ। आसन्न प्रदेससभा निर्वाचनको प्रत्यक्षतर्फ सभापति विष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, पूर्णबहादुर खड्का र  शम्भु कार्की को नाम सिफारिस गरेको हो।

    यस्तै, समानुपातिकतर्फ शहरमान राई (खुल्ला पुरुष तर्फ) महिलातर्फ कमला राईलाई सिफारिस गर्दै इच्छुराम राना, निर्मला ढकाल, बसन्त राई, दिपराज राई, प्रतिक्षा राई, कान्ता केसी बस्नेत, ध्रुवकला राई, सपना राई, निर्मला राई, राजु ढकाललाई समेत समावेश गरी जिल्ला कार्य समितिलाई पठाईएको प्रदेश ‘ख’ क्षेत्रिय कार्य समिति सभापति दिनेशकुमार घिमिरेले बताए।

    प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - १९:४०:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको