बिहिवार, कार्तिक १३ गते २०८३

एमाले खोटाङबाट प्रदेशसभा (ख) का लागि रामप्रसाद दंगालको एकल नाम सिफारिस

एमाले खोटाङबाट प्रदेशसभा (ख) का लागि रामप्रसाद दंगालको एकल नाम सिफारिस

रोदिक खबर

१८, भाद्र २०७९
  • 3.7K
    SHARES
  • एमाले खोटाङबाट प्रदेशसभा (ख) का लागि रामप्रसाद दंगालको एकल नाम सिफारिस

    खोटाङ । नेकपा (एमाले) खोटाङले प्रदेशसभा (ख) का लागि प्रत्यक्षतर्फ  रामप्रसाद दंगालको एकमात्र नाम सर्वसहमत सिफारिस गर्ने निर्णय गरेको छ । एमाले खोटाङको पाँचौँ जिल्ला भेलाले आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा (ख) बाट एकमात्र उम्मेदवारको रुपमा जिल्ला अध्यक्ष दंगालको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रदेखसभा (ख) मा अन्य नेताहरु कसैको पनि दाबी रहेकाले दंगालको मात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिए । समानुपातिकमा  दूधराज तामाङ,  चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, गीतामायाँ राई र भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ ।

    प्रदेशसभा (क) मा देवबिक्रम राई,  सर्वधन राई, लीलानाथ निरौला र  अनिशा खनालको दाबी रहेको जनाइएको छ । प्रदेशसभा (क) मा आकांक्षी धेरै देखिएपनि सहमतिमा एकजनाको नाम सिफारिस हुने सचिव आचार्यले जानकारी दिए ।

    प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सदस्यहरु पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको दाबी रहेको जनाइएको छ । यद्यपि, भोलि बिहानसम्ममा सहमति गरेर एकजनाको मात्र नाम सिफारिस गर्नेगरी छलफल भइरहेको एमालेले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २१:५०:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको