खोटाङ । प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट नेकपा एमालेका १० आकांक्षीको नाम सिफारिस भएको छ । पुष्पलाल स्मृति भवन दिक्तेलमा बसेको एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा सात जना र समानुपातिकमा तीन जना आकांक्षीको नाम सिफारिस गरेको हो ।
आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रत्यक्षतर्फ बिशाल भट्टराई, उषाकला राई,रमेश पौडेल, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके) र राजनप्रसाद ढकालको नाम सिफारिस गरिएको एमाले अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिए । समानुपातिकमा कर्णबहादुर घले, रमेश परियार र राजकुमारी राईको नाम सिफारिस भएको छ ।
भट्टराई वर्तमान प्रतिनिधिसभा सदस्य एबं एमाले प्रमुख सचेतक, उषाकला प्रदेश १ का पूर्व सामाजिक मन्त्री र पाँचकर्ण पूर्वसांसद हुन् ।
यस्तै, प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लिलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिं बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (मायाँ), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी सिफारिस भएका छन् ।
प्रदेशसभा ‘ख’मा भने प्रत्यक्षमा रामप्रसाद दंगालको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने चर्चबहादुर बिश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पूर्णमायाँ तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको छ ।