खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ अर्जुन राई, सर्जु श्रेष्ठ, रबिन राई र जगदीश राजभण्डारीको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ अर्जुन राई, जगदीश राजभण्डारी, शोभा राई र भरुमायाँ बिश्वकर्माको नाम सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताए । यस्तै, प्रदेशसभा (क) बाट प्रत्यक्षतर्फ गुण राजभण्डारी, सर्जु श्रेष्ठ र मोतीचन्द्र राई सिफारिस भएका छन् ।
समानुपातिकमा ललितकुमार राई, बिजयकला राई, जगदीश राजभण्डारी, नरबहादुर रम्तेल र तारादेबी श्रेष्ठको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।
प्रदेशसभा (ख) बाट प्रत्यक्षमा अर्जुन राई, ललितकुमार राई, तारादेबी श्रेष्ठ र ताराकुमार थापाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा अर्जुन राई, कृष्णकुमारी राई, ताराकुमार थापा, कैलाश भट्टराई र नन्दकिशोर बञ्जरा सिफारिस भएको अध्यक्ष राईले जानकारी दिए ।
मंगलबार जिल्ला समन्वय समितिको हलमा भएको भेला एबं छलफलबाट राप्रपाले उम्मेदवारको नामावली टुंग्याएको हो । हलको मागका आधारमा अर्जुन राईको नाम भने संघ र प्रदेशमै पठाइएको राप्रपाले जनाएको छ । अर्जुन पूर्वसभाषद हुन् ।