• ट्रेण्डिङ:

खोटाङ जसपा : संघमा डा.केके राई, प्रदेशमा राकेश र प्रेमको उम्मेदवारी दर्ता

खोटाङ जसपा : संघमा डा.केके राई, प्रदेशमा राकेश र प्रेमको उम्मेदवारी दर्ता

रोदिक खबर

२३, आश्विन २०७९
  • 4.9K
    SHARES
  • खोटाङ जसपा : संघमा डा.केके राई, प्रदेशमा राकेश र प्रेमको उम्मेदवारी दर्ता

     खोटाङ । जनता समाजवादी पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जसपाले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.केके राईले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। यस्तै, प्रदेशसभा क मा जसपा नेता राकेश राई र प्रदेश ख मा जसपा नेता प्रेमकुमार राईले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १९:१६:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको