• ट्रेण्डिङ:

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो ५ वर्ष निष्कासन

बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो ५ वर्ष निष्कासन

रोदिक खबर

२६, आश्विन २०७९
  • 3.0K
    SHARES
  • बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो ५ वर्ष निष्कासन

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन् ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । तर चितवन-३, चितवन-१ लगायत केही क्षेत्रमा कांग्रेसका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरुले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयभित्र उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले निष्कासन गरेको हो ।

    Nc.jpg

    प्रकाशित मिति :आश्विन २६, २०७९ बुधवार - २०:३१:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको