शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

गठबन्धनले कहिले र कहाँ  गर्दैछन् चुनावी सभा 

लोकतान्त्रिक–बाम गठबन्धनले खोटाङमा १८ कार्तिकबाट चुनावी सभा गर्ने 

लोकतान्त्रिक–बाम गठबन्धनले खोटाङमा १८ कार्तिकबाट चुनावी सभा गर्ने 

रोदिक खबर

१६, कार्तिक २०७९
  • 4.8K
    SHARES
  • लोकतान्त्रिक–बाम गठबन्धनले खोटाङमा १८ कार्तिकबाट चुनावी सभा गर्ने 

    खोटाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले खोटाङमा १८ कार्तिकबाट चुनावी सभा गर्ने भएको छ।

    गठबन्धनले खोटेहाङ गाउँपालिकाबाट चुनावीसभा सुरु गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आएर अन्त्य गर्ने जानकारी दिएको छ।

    गठबन्धनले १८ कार्तिकमा खोटेहाङ गाउँपालिकाको खोटाङबजार, १९ कार्तिकमा साकेला गाउँपालिकाको केन्द्र मानेभन्ज्याङमा, २० कार्तिकमा ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार र २१ कार्तिकमा केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा तथा २२ कार्तिकमा रावाबेशी गाउँपालिकाको हरमटारमा चुनावी सभा गर्नेछ।

    यस्तै, २३ कार्तिकमा हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम छापडाँडा, २५ कार्तिकमा जन्तेढुंगा गाउँपालिकाको चिसापानीवजार, २६ कार्तिकमा बराहपोखरी गाउँपालिकाको धर्तुङमा, २८ कार्तिकमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजार र २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलस्थित स्थानीय हेलिप्याडमा चुनावी सभा गर्ने गठबन्धनले जनाएको छ।

    चुनावी सभा सबै स्थानमा मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ। सभामा उम्मेदवार सबै र गठबन्धन घटक दलका शीर्षस्थ नेताहरुले सम्बोधन गर्नेछन्।

    गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई पासाङ, प्रदेश ‘क’ मा नेकपा एसका बीरबलकाजी राई र प्रदेश ‘ख’ मा कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राई उम्मेदवार छन्।

    प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - २०:४५:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको