• ट्रेण्डिङ:

सही नेतृत्व चयन गर्न नसक्दा खोटाङ विकास निर्माणमा पछि पर्‍यो : भुपेन्द्र राई

सही नेतृत्व चयन गर्न नसक्दा खोटाङ विकास निर्माणमा पछि पर्‍यो : भुपेन्द्र राई

रोदिक खबर

२०, कार्तिक २०७९
  • 3.8K
    SHARES
  • सही नेतृत्व चयन गर्न नसक्दा खोटाङ विकास निर्माणमा पछि पर्‍यो : भुपेन्द्र राई

    नेपाली कांग्रेस एक नम्बर प्रदेशका महामन्त्री एवम् खोटाङ प्रदेशसभा ‘ख’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार भुपेन्द्र राईले सही नेतृत्व चयन गर्न नसक्दा खोटाङ विकास निर्माणमा पछि परेको बताएका छन् ।  लोकतान्त्रिक बाम गठबन्धनले साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा शनिवार भएको चुनावी सभालाई सम्बोधन गर्दै राईले सही नेतृत्व चयन गर्न नसक्दा खोटाङेले ठूलो सास्ती परेको बताएका हुन्। 

    एमालेका विशाल भट्टराईलाई जनताले चुनाव जिताएर अरु छिमेकी जिल्लाभन्दा खोटाङ विकासमा १० वर्षले पछि पर्‍र्यो, त्यो छुट अब जिल्लाका जनतालाई छैन्, यहाँका अग्रजहरुलाई त्यस्तो छुट छैन्  राईले भने जिल्लाको विकासका लागि गठबन्धनको विकल्प अरु हुन सक्दैन।’ ‘२०७४ सालको चुनावमा एमालेले देशैभर चुनाव जित्यो, होलात अब विकास गर्छौँ भनेका छन् गर्लान भन्ने सोच्यौँ, तर विकास भन्दा पनि ओली तानाशाह आएर जनतालाई दुःख दिने काम मात्र भयो। 

    घर–घरमा ग्यासको पाइप पु¥याउने, रेल कुदाउने लगायतका झुटा आश्वासन बाँडेर एमालेले चुनाव जितेको राईको भनाइ छ। एमालेले चुनाव जित्दा देशमा विकास भन्दा पनि केपी ओलीको तानाशाह मात्र आएको राईको आरोप छ।

    नेपाली कांग्रेस र नेकपा माओवादी पार्टी देशमा परिवर्तन ल्याउन हतियार बोकेर आएको तर एमाले कुर्सीमा बस्न मात्र आएको राईको भनाइ छ। त्यस्ता कुर्सीमा बस्न मात्र आएका, नेपालमा पूनः तानाशाही प्रवृति ल्याउन आएका पार्टी आगामी मंसिर ४ को आम चुनावबाट सधैंका लागि विदा हुने राईको भनाई छ।

    राईले भने, ‘हामीले राणा शासन फाल्यौँ, पञ्चायत व्यवस्था, राजतन्त्र फाल्यौँ तर नेपालमा पूनः तानाशाह ल्याउन खोज्ने एमालेलाई मंसिर ४ को चुनावमा फाल्छौँ, एमालेरहित देश बनाउछौँ, त्यो गठबन्धनले बनाउछ।’

    प्रकाशित मिति :कार्तिक २०, २०७९ आइतवार - १६:४६:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको