• ट्रेण्डिङ:

संविधानको रक्षा गर्ने र विरोधीबीच लडाइँको फैसला मंसिर ४ मा जनताले गर्छन् : प्रचण्ड

संविधानको रक्षा गर्ने र विरोधीबीच लडाइँको फैसला मंसिर ४ मा जनताले गर्छन् : प्रचण्ड

रोदिक खबर

३०, कार्तिक २०७९
  • 4.5K
    SHARES
  • संविधानको रक्षा गर्ने र विरोधीबीच लडाइँको फैसला मंसिर ४ मा जनताले गर्छन् : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालिको चुनाव संविधान रक्षा गर्ने र विरोध गर्नेबीचको लडाइँ भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने प्रवृत्ति तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने गठबन्धनको लडाइँ भएको बताएका हुन् ।

    prachanda1.jpg

    यो लडाइँको फैसला मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट जनताले गर्ने बताउदै उनले संविधानको रक्षा गर्ने सत्ता गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे । ‘एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ’, उनले भने, ‘अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ, जसले संविधानको रक्षा गर्दै आएको छ । अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।’

    ‘संविधानको रक्षा गर्ने, लोकतन्त्रको रक्षा गर्ने, संघीयताको रक्षा गर्ने प्रवृत्ति एकातिर संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने, राजतन्त्रतिर फर्काउन चाहने अर्को गठबन्धन छ,’ दाहालले भने, ‘तसर्थ दुईटा गठबन्धनको बीचमा जनमत संग्रहको रुपमा मंसिर ४ गतेको निर्वाचन हुँदैछ । देशभरी सत्ता गठगन्धनको पक्षमा जनलहर देखा परिसकेको छ ।’

    अध्यक्ष दाहालले विकास र संमृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे । ‘तपाईहरुको विकास र समृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै यो गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुछ,’ उनले भने, ‘राजनीतिक स्थायीत्व र विकासको नयाँ युगतिर देशलाई लानुछ । यसमा तपाईहरुको सहयोग हुनेछ ।’

    दाहालले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई पासाङलाई विजयी गराए मन्त्री बन्ने सम्भावना रहेको बताए । उनले खोटाङको विकास र समृद्धिको लागि गठबन्धन र सरकारकोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाएका छन् ।दाहाल कांग्रेस प्रवक्ता डा. प्रकासशरण महत सहित भोजपुर हुँदै खोटाङ आएका थिए । 

     

    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - २०:५३:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको