• ट्रेण्डिङ:

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

रोदिक खबर

५, मंसिर २०७९
  • 2.1K
    SHARES
  • मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

    लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् ।

    एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् ।

    यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए । मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - २२:१६:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको