• ट्रेण्डिङ:

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी 

काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी 

रोदिक खबर

६, मंसिर २०७९
  • 2.8K
    SHARES
  • काठमाडौं-१ मा कांग्रेसका प्रकाशमान सिंह विजयी 

     काठमाडौँ — काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

    सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ । २०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०२:४६:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको