• ट्रेण्डिङ:

खोटाङमा गठबन्धनले जित्नु कुनै आश्चर्य होईनः बिशाल भट्टराई

खोटाङमा गठबन्धनले जित्नु कुनै आश्चर्य होईनः बिशाल भट्टराई

रोदिक खबर

१०, मंसिर २०७९
  • 2.4K
    SHARES
  • खोटाङमा गठबन्धनले जित्नु कुनै आश्चर्य होईनः बिशाल भट्टराई

     खोटाङ । खोटाङका प्रतिनिधिसभा सदस्यका प्रत्यासी बिशाल भट्टराईले गठबन्धनको विजय आश्चर्यजनक नभएको टिप्पणी गरेका छन् । दुई हजार ६६९ मतले पराजय बेहोरेका प्रत्यासी भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै एमालेलाई सम्मानजनक मत प्राप्त भएको बताएका छन् ।

    ‘स्थानीय तहको चुनावमा एमालेको मत धेरै तल थियो । एमालेले आफ्नै मतले चुनाव जित्ने अवस्था थिएन । त्यस्तो अवस्थामा हामीले मत बृद्धि गरेका छौँ,’ भट्टराईले भने, ‘तर हामीले अरु दलबाट जति मत तान्नुपर्ने थियो, त्यती मत तान्न सकेनौं र थोरै मतले हा¥यौं । २६ सय भोटले हार्ने कुरा त्यत्ती आश्चर्यजनक कुरा हो जस्तो लाग्दैन ।’ एमाले पोलिटव्यूरो सदस्य भट्टराईले परिणाम अनुसार एमालेलाई हिनताबोध बोक्नुपर्ने अवस्था नभएको उल्लेख गरे ।

    उनले स्थानीय तहको चुनावको तुलनामा एमालेले मतान्तर बृद्धि गरेको बताए । ‘यसपल्ट देशमा नयाँ अनुहारको लहर पनि थियो । त्यस्तो बेलामा पनि त्यती ठूलो मत प्राप्त भयो,’ भट्टराईले भने, ‘खोटाङमा असाध्यै ठूलो मायाँ पाएँ । धेरैपल्ट निर्वाचन लड्दा पनि सम्मानजनक मत पाउने कुरा महत्वपूर्ण हो ।

    धेरै मान्छेको मुखमा एक भोट त दिनैपर्छ भन्ने थियो । बिशाल भट्टराई जत्तिको नेता कहाँ छन् र यहाँ ? इमान्दार छ, निष्ठावान छ, काम गरेको छ भनेर धेरैले सहामुभुतीको मत दिनुभएको छ ।’ भट्टराईले विपक्षी दलले चुनावी अभियानका क्रममा आफुलाई जबरजस्त किरात राज्य विरोधीको ट्याग भिराएको दावी गरे ।

    प्रदेशको नामाकरणमा प्रतिनिधिसभा सदस्यको कुनै भूमीका नहुने भए पनि अन्य दलले ‘बिशाल भट्टराई’कै कारण नामाकरण हुन नसकेझैं गरी ‘इस्यू’ बनाएको बताए । ‘बिशाल भट्टराई किरात राज्यको विरुद्ध उभियो भनियो । म प्रतिनिधिसभा सदस्य हो । यसमा मेरो केही भूमीका हुन्न/थिएन ।

    मैले कोसीमा किरात जोड्दा पनि हुन्छ, सगरमाथामा किरात जोड्दा पनि हुन्छ भनेको हो,’ उनले भने, ‘तर हुँदै नभएको इस्यू उठाइयो । प्रतिनिधिसभाको मान्छेले किरात राज्य बन्न दिँदैन भन्ने कुरा घर–घरमा पु¥याउने काम भयो । न त्यो प्रतिनिधिसभाको कार्यभार हो न म प्रदेशसभामा लड्दै थिएँ ।’

    भट्टराईले निर्वाचन परिणामका कारण गठबन्धन उद्धेश्यबाट पराजित भएको बताए । सत्तामा पुग्ने र एमालेलाई तेश्रो पार्टीमा झार्ने मनसायका साथ गठबन्धन गरिएको भए पनि बहुमत पाउने अवस्था नदेखिएको भट्टराइएको भनाई थियो ।

    ‘निर्वाचन परिणामले गठबन्धन आफ्नो उद्धेश्यबाट पराजित भएको छ । जे उद्धेश्य थियो त्यो सम्पूर्ण रुपले पुरा हुने अवस्था देखिएन,’ उनले भने, ‘गठबन्धनसँग एकल बहुमतको सम्भावना देखिएको छैन । गठबन्धनले राष्ट्र निर्माण गर्दैन भन्ने एमालेको दृष्टिकोण प्रमाणित भएको छ ।’ उनले जिल्लाको विकास र समृद्धिका लागि नागरिकसँगै रहेर काम गर्ने बताए ।

    प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - २०:११:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको