• ट्रेण्डिङ:

टेम्मामा स्वास्थ्य चौकीको पक्की भवन उद्घाटन

टेम्मामा स्वास्थ्य चौकीको पक्की भवन उद्घाटन

रोदिक खबर

२१, भाद्र २०७७
  • 9.4K
    SHARES
  • टेम्मामा स्वास्थ्य चौकीको पक्की भवन उद्घाटन

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा नवनिर्मित स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाको १ करोड ५३ लाख ६६ हजार ६ सय ६० को लागतमा निर्माण गरिएको दुई तले भवनको आइतवार गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका हुन ।

    2.jpg

    सो अवसरमा गाउँपालिका अध्यक्ष राईले स्वास्थ्य क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै स्वास्थको पहुँच नपुगेका स्थानीयहरुसम्म स्वास्थ सेवाको पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुन नदिन हरेक वडामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्ने गाउँपालिकाको अभियान रहेको जानकारी दिए ।

    ७ वटा वडा रहेको गाउँपालिकामा दुई वडामा स्वास्थ्यको नयाँ पक्की भवन भएको तथा बतासेमा स्वास्थ्यको भवन बनाउनका लागि टेण्डर भइसकेको गाउँपालिका अध्यक्ष राईले बताए । अरु वडामा भवन निर्माणका लागि जग्गा उपलब्ध भएको र भवन बनाउने प्रक्रिया अगाडी बढाउदै लैजाने अध्यक्ष राईल बताए ।

    5.JPG

    भवन निर्माणको काम वर्ड वाइड राम सागर जेभीले २०७५ भदौ २९ गतेबाट निर्माण शुरु गरेर २०७७ साउन २० गते सम्पन्न गरेका थियो । क्वाटरसहित ८ कोठा भएको सुविधा सम्पन्न नयाँ पक्की भवन बनेपछि स्वास्थ्यकर्मीहरु हर्षित भएका छन् । अब स्वास्थ्य कार्यालयबाट हुने सम्पूर्ण कामकाजमा पनि सहजता आउने उनीहरुले विश्वास दिलाएका छन् ।

    प्रकाशित मिति :भाद्र २१, २०७७ आइतवार - २१:४०:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको