• ट्रेण्डिङ:

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

रोदिक खबर

२०, मंसिर २०७९
  • 2.8K
    SHARES
  • गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

    बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ । 


    उनले कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनताको अन्त्य गरेरै छाड्ने बताए । उनले युवाहरूलाई सही बाटोमा हिँड्न आग्रह गरे ।

    विचारमा आबद्धहरू एक ठाउँ बस्ने गरेको तर विभाजन भएपछि अवसरवादीहरूले ठाउँ पाउने गरेकाले पार्टीलाई एकढिक्का बनाउने कोइरालाले प्रतिबद्धता जनाए ।

     

    प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - १९:३५:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको