शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम (सूचीे)

माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम (सूचीे)

रोदिक खबर

२४, मंसिर २०७९
  • 2.8K
    SHARES
  • माओवादीले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम (सूचीे)

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ । माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो । जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन् ।

    यस्तै आदिवासी जनाजति महिलामा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम आयोगमा बुझाइएको सूचीमा उल्लेख छ ।
    मधेसी महिला मिना यादव र उमरावती देवी यादव, दलित पुरुषमा रणेन्द्र बराली, महिलातर्फ सुशीला श्रीपाली ठकुरी छन् भने थारु महिलातर्फ रुपा सोसी चौधरीको नाम आयोगमा पठाइएको छ । मुस्लिम महिलातर्फ कल्पना मियाँ छिन् ।

    moust.jpg

    प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - १८:०२:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको