खोटाङ । प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार खोटाङ प्रदेश ख बाट निर्वाचित राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेश सभामा कांग्रेसका २९ सांसद छन् ।