• ट्रेण्डिङ:

नेपाल राष्ट्रिय कर्मचारी निजामती खोटाङको अध्यक्षमा सुवेदी चयन

नेपाल राष्ट्रिय कर्मचारी निजामती खोटाङको अध्यक्षमा सुवेदी चयन

रोदिक खबर

६, फाल्गुण २०७९
  • 3.9K
    SHARES
  • नेपाल राष्ट्रिय कर्मचारी निजामती  खोटाङको अध्यक्षमा सुवेदी चयन

    खोटाङ। नेकपा (माओवादी केन्द्र) निकट कर्मचारीहरुको सङ्गठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) खोटाङको अध्यक्षमा चित्रकुमार सुवेदी चयन भएका छन् । सङ्गठनको शनिबार दिक्तेलमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा सविना मगर र कल्पना तोलाङ्गे, सचिवमा पङ्कज आचार्य, सहसचिवमा करुणा श्रेष्ठ र कोषाध्यक्षमा युवराज कालीकोटे चयन भएका छन् । समितिको सदस्यहरुमा काँशीराज कार्की, विष्णु श्रेष्ठ, सयन्द्र राई, विवश राई, सम्झना माझी, दीपक राई, प्रदीप पोखरेल, कमला विश्वकर्मा, रामबहादुर नेपाली र विष्णु अधिकारी रहेका छन् ।

    दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले १७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिमा धर्मराज आचार्य, मोहन महासेट, दीपकचन्द्र आचार्य, मनकुमार राई, विमलकुमार देव, मीना राई, कृष्णप्रसाद बास्तोला, ध्यानबहादुर राई, तुलसी गुरागाईँ, मोहन मगर, सुनिल पन्थी, तेजप्रकाश देवकोटा, कान्ती श्रेष्ठ, रामसागर मण्डल र नीरकुमार बस्नेत रहेका छन् ।

    यस्तै, सङ्गठनको प्रदेश प्रतिनिधिमा उत्तम आचार्य, बाबुराम बस्नेत, युवराज कालीकोटे, प्रेमकुमार राई, धनकुमार खत्री, सुजन राई, तोसल भट्टराई र प्रविणा तोलाङ्गे चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा राजकुमार राई, सुजन भण्डारी, तीर्थ विश्वकर्मा र होमनाथ ढकाल चयन भएका छन् ।

    सङ्गठनको जिल्ला अधिवेशन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गरेका थिए। 

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राई, नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सदस्य टंकबहादुर थापा, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती)का केन्द्रीय उपाध्याक्ष अम्बादत्त भट्ट, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खोटाङका अध्यक्ष ध्रुव कार्की, नेपाल निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष रेखा राई, नेपाल निजामती कर्मचारी युनियन खोटाङका जिल्ला सचिव शम्भु तामाङ लगायतको उपस्थिति रहेको थियो । 

    उद्घाटन कार्यक्रममा सङ्गठनका पूर्वकेन्द्रीय उपाध्याक्ष विनोद थापामगरलाई दोसल्ला ओडाएर सम्मान गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । 

    प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - २२:०२:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको