• ट्रेण्डिङ:

नामकरणका लागि प्रदेश १ सभाको बैठक जारी

नामकरणका लागि प्रदेश १ सभाको बैठक जारी

रोदिक खबर

१७, फाल्गुण २०७९
  • 2.1K
    SHARES
  • नामकरणका लागि प्रदेश १ सभाको बैठक जारी

    विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो ।

    समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - १९:०६:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको