• ट्रेण्डिङ:

प्रदेश १ नामकरण : कोशी प्रदेशमाथिको छलफल सकियो

प्रदेश १ नामकरण : कोशी प्रदेशमाथिको छलफल सकियो

रोदिक खबर

१७, फाल्गुण २०७९
  • 2.3K
    SHARES
  • प्रदेश १ नामकरण :  कोशी प्रदेशमाथिको छलफल सकियो

    मोरङ । प्रदेश १ को नाम कोशी प्रदेश  राख्ने प्रस्तावमाथिको छलफल सकिएको छ । सभामुख बाबुराम गौतमले उक्त प्रस्तावमाथि संशोधन दर्ताका लागि दुई घण्टाको समय दिएका छन् । दुई घण्टापछि अर्को बैठक बस्नेछ ।

    कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका छन् ।
    संशोधन दर्ताको समय सकिएपछि बस्ने अर्को बैठकमा प्रदेश नामकरणको प्रक्रिया टुंगिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको छ । उक्त प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद भएको नेकपा (एकीकृत समाजवादी) र एक जना मात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी रहेका छन् । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

    प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - १९:१२:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको