• ट्रेण्डिङ:

सबैको भावनालाई कदर गर्दै प्रदेशको नाम कोशी राखेका हौं : प्रमुख सचेतक राई

सबैको भावनालाई कदर गर्दै प्रदेशको नाम कोशी राखेका हौं : प्रमुख सचेतक राई

रोदिक खबर

१९, फाल्गुण २०७९
  • 3.0K
    SHARES
  • सबैको भावनालाई कदर गर्दै प्रदेशको नाम कोशी राखेका हौं  : प्रमुख सचेतक राई

    नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कांग्रेस प्रदेश महामन्त्री भुपेन्द्र राईले सबैको भावनालाई कदर गर्दै प्रदेशको नाम कोशी नामाकरण गरिएको बताएका छन् । प्रदेशको नामाकरणको सन्दर्भमा नेपाली कांग्रेस संसदीय दलको तर्फवाट धारणा राख्दै प्रमुख सचेतक राईले यो प्रदेशको नामाकरण गरेर जादै गर्दा कसैको अनुहारमा हाँसो र कसैको अनुहारमा आशुले लिपिनु हुन्न भनेर कोशी प्रदेश नामाकरण गरिएको बताएका छन् ।

    उनले भने जसरी कोशीमा धेरै थरिका माछाहरुले पौडिने ठाउँ पाइरहेका छन् त्यसरी नै कोशी प्रदेशभित्र हामी सबैले आफ्नो जात, धर्म, संस्कार हुर्काउने अवशर प्राप्त गर्नुपर्छ । त्यो संविधानले ग्यारेन्टी गरेको छ । नेपाली कांग्रेस सबै जातजातीको नागरिक अधिकारको लागि लड्दै आएको बताउदै राईले जातको नाममा मुद्धा उठाउने पार्टीहरु खुम्चदै गएको उल्लेख गरे । 

    किरात भनेको सभ्यता हो, त्यो हामीले बुझेका छौ तर किरात प्रदेश वा लिम्वुवान प्रदेशको नाम जोडेर आउदै गर्दा अर्को कुनै जात विशेषको मन दुख्छ कि दुख्दैन होला–राईले भने हामीले त्यो सोच्नु पर्छ कि पदैन सबैले बुझ्नु जरुरी छ । 

    प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - १९:०९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको