शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा नयाँ कोर्स सुरु हुन्छ  ः झाँक्री 

राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा नयाँ कोर्स सुरु हुन्छ  ः झाँक्री 

रोदिक खबर

२४, फाल्गुण २०७९
  • 1.8K
    SHARES
  • राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा नयाँ कोर्स सुरु हुन्छ  ः झाँक्री 

    नेकपा (एकीकृत समाजवादी) पार्टीकी सचिव रामकुमारी झाक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थिरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा अस्थिरताबाट स्थितरतातर्फको एउटा नयाँ कोर्स सुरु हुने बताएकी हुन् ।

    निर्वाचनमा राष्ट्रप्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ, उनले भनिन्, त्यसपछि बन्ने राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा अव राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायित्व प्राप्त गर्नेछ ।

    दुई वा दुई भन्दा धेरै दलहरु मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताउदै नेतृ झाँक्रीले कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि जहाँ जे पायक पर्छ, त्यही गरिरहने प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् ।

    पूर्वशहरी विकास मन्त्री  समेत रहेकी झाँक्रीले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो हुनुपर्नेमा जोड दिएकी छन् । हामीले यस्तो निर्वाचन प्रणाली अवलम्बन गर्यौं । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकही गरिएको असल अभ्यासहरु यसो हेर्दाखेरि नैतिकताको कसीमा ठीक पनि लाग्दैन ।

    तर कतिपय अवस्थामा वाध्यत्मक पनि हुनसक्छन्, झाँक्रीले भनिन्,  तर केही न केही कोलिसन सरकारको मानकहरु, गठबन्धन सरकार कसरी चलाउने भन्ने केही स्टाण्डर्ड मानकहरु बनाउनुपर्छ । जहाँ जे पायक पर्छ त्यही नै कुरा गरिरहने कुरा त्यत्ति राम्रो हुँदैन । कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, नगरप्रमुख बिमला राई, उपप्रमुख रमेश राउतले सम्बोधन गरेका थिए ।

    प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - २२:४४:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको