शुक्रवार, भाद्र २६ गते २०८३

रामसहाय यादवले बुझाए आफू विरुद्धको उजुरीमाथिको प्रष्टिकरण

रामसहाय यादवले बुझाए आफू विरुद्धको उजुरीमाथिको प्रष्टिकरण

रोदिक खबर

२८, फाल्गुण २०७९
  • 1.8K
    SHARES
  • रामसहाय यादवले बुझाए आफू विरुद्धको उजुरीमाथिको प्रष्टिकरण

    खोटाङ। उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमाथिको प्रष्टिकरण पेश गरेका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् । 

    शनिवार उम्मेदवारी दर्ता गरेपछि एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधानको भावना विपरित राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने र यादवको उम्मेदवारी संविधान विपरित भएको भन्दै दावी विरोध पेश गरेकी थिइन ।  

    सो दावी विरोधमाथि जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेश गरेका छन् । 

    उनले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको जवाफ पेस गरेका छन् । 

    ram.webpram1.webpram2.webp

    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - ११:३६:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको