• ट्रेण्डिङ:

ट्रेड युनियन कांग्रेस खोटाङको अध्यक्षमा पुनः आचार्य

ट्रेड युनियन कांग्रेस खोटाङको अध्यक्षमा पुनः आचार्य

रोदिक खबर

१६, बैशाख २०८०
  • 2.3K
    SHARES
  • ट्रेड युनियन कांग्रेस खोटाङको अध्यक्षमा पुनः आचार्य

    खोटाङ । नेपाल ट्रेड युनियन कांग्रेस खोटाङको अध्यक्षमा पुनः कृष्ण प्रसाद आचार्य चयन भएका छन्। शनिबार कांग्रेस पार्टी कार्यालय दिक्तेलमा भएको सातौ जिल्ला अधिवेशनबाट आचार्य पुनः अर्को चार वर्षे कार्यकाललाई दोहोरिएका हुन्।

    आचार्य अध्यक्ष भएको समितिको खुल्ला उपाध्यक्षमा रमेश थापा, महिला उपाध्यक्षमा उर्मिला आचार्य, सेवा क्षेत्रबाट चिसाङ शेर्पा, अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट श्याम पौडेल निर्वाचित भएका छन्।

    सचिवमा विवेक पराजुली, सह–सचिवमा रमेश कुमार खत्री र योगराज लुईटेल तथा कोषाध्यक्षमा प्रमोज घिमिरे, सह–कोषाध्यक्ष (महिला)मा इश्वरा पाण्डे ढकाल चयन भएका छन्।

    खुल्ला सदस्यहरुमा ओमप्रकाश आचार्य, अशोक कुमार साह, पेशल राई, भुपाल राई, रवि खड्का, महिला सदस्यहरुमा चन्द्रकला आचार्य, देविका राई, सृर्जना वुढाथोकी रिजाल छन्। अधिवेशनले मधुकला राईलाई महिला संयोजक र पोषराज कार्कीलाई युवा संयोजक तोकेको छ।

    अधिवेशनले भोला दाहाल र खेमराज आचार्यलाई प्रदेश महाधिवेशन प्रतिनिधि तथा प्रकाश घिमिरेलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि तोकेको छ। कांग्रेस महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्यको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा शिक्षक संघका संघीय प्रतिनिधि शिवहरी ढकाल र ट्रेड युनियन कांग्रेसका प्रदेश प्रतिनिधि एकराज बुढाथोकीको उपस्थिति थियो।

    प्रकाशित मिति :बैशाख १६, २०८० शनिवार - २०:३८:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको