• ट्रेण्डिङ:

ओखलढुंगा कांग्रेस सभापति सुनुवारलाई कोरोना संक्रमण पुष्टि

ओखलढुंगा कांग्रेस सभापति सुनुवारलाई कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२३, भाद्र २०७७
  • 4.6K
    SHARES
  • ओखलढुंगा कांग्रेस सभापति सुनुवारलाई कोरोना संक्रमण पुष्टि

    ओखलढुङ्गा । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

    केही समयदेखी स्वासप्रश्वासमा अलि अलि समस्या देखिएपछी सभापति सुनुवारले कोरोना संक्रमणको आशंकामा स्वाब परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

    स्वासप्रश्वासमा समस्या भएपछि केही दिनदेखी सुनुवार होम क्वारेन्टाईनमा बस्दै आएका थिए । उनीसहित ओखलढुंगामा मंगलबार ९ जना कोरोना भाइरस संक्रमितहरु थपिएका छन् ।

    सभापति सुनुवारले आम जनसमुदाय, ओखलढुङ्गा बासि आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहिनीमा धैर्यधारण गर्न आग्रह गरेका छन् ।  सुनुवारले आफ्नो स्वास्थ्यमा पहिलेको भन्दा धेरै सुधार भएको जानकारी दिएका छन् । 

    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २२:००:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको