नागरिकता विधेयक प्रमाणीकरणको बिरोधमा खोटाङमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक प्रमाणीकरणको बिरोधमा खोटाङमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

रोदिक खबर

२०, जेठ २०८०
  • 11.9K
    SHARES
  • नागरिकता विधेयक प्रमाणीकरणको बिरोधमा खोटाङमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

    खोटाङ, । संसद छलेर नागरिकता विधेयक प्रमाणीकरण गरेको बिरोधमा अनेरास्वबियु खोटाङले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद छलेर अवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा एमाले निकट अनेरास्वबियुले शुक्रबार साँझ दिक्तेलमा राँके जुलुस प्रदर्शनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको हो ।
                                                                                                                        
    नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्वबियुले पुष्पलाल स्मृति भवनदेखि दिक्तेलको त्रिबेणीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो । मसाल जुलुसले त्रिबेणीचोक पुग्नेबेला प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका थिए । मसाल जुलुस प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

    मसाल जुलुस र पुत्ला दहनपछि त्रिबेणीचोकमा भएको कोणसभालाई अनेरास्वबियु खोटाङका अध्यक्ष मोहन संग्राम र राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रोशन चाम्लिङले सम्बोधन गरेका थिए । त्रिबेणीचोकमा प्रदर्शनकारी र प्रहरीबिचमा मसाल खोसाखोस चलेको थियो ।अनेरास्वबियुले दिक्तेलमा निकालेको राँके जुलुस ।

    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - ०६:५५:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको