• ट्रेण्डिङ:

पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस

खोटाङमा श्रेष्ठको शालिकमा माल्यापण गरेर दिवस मनाइयो

खोटाङमा श्रेष्ठको शालिकमा माल्यापण गरेर दिवस मनाइयो

रोदिक खबर

७, श्रावण २०८०
  • 9.3K
    SHARES
  • खोटाङमा श्रेष्ठको शालिकमा माल्यापण गरेर दिवस मनाइयो

    खोटाङ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आइतबार देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ श्रेष्ठको ४५ औँ स्मृति दिवस मनाएका हुन् ।

    नेकपा एमाले खोटाङले आयोजना गरेको कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले श्रेष्ठको शालिकमा माल्यापण गरेर दिवस मनाएका छन् । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक विशाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कम्युनिष्ट विचारधार राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले दिक्तेलस्थित भवन गैरामा रहेको श्रेष्ठको शालिकमा माल्र्यापण गरेर दिवस मनाएका हुन् ।

    कार्यक्रममा एमाले जनसङ्गठन कोशी प्रदेशका इन्चार्ज यज्ञराज सुनुवार, एमाले खोटाङका इन्चार्ज एवम् धनकुटाका सङ्घीय सांसद राजेन्द्र राई, एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उषाकला राई, केन्द्रीय सदस्यहरु खगेन्द्र राई, रमेश पौडेल, जिल्ला अध्यक्ष राम दंगाल, सचिव कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो । दश स्थानीय तह रहेको जिल्लामा एमालेले स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाएको जिल्ला सचिव आचार्यले जानकारी दिए ।

    वि. सं. २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए। वि.सं. १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मिएका पुष्पलाल वैचारिक रूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् ।

    जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उहाँले देखाएका सपना पूरा हुन नसकेको गुनासो कायमै छ । संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवम् गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।

    पुष्पलाल लगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको र बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने नेताहरुले बताउँदै आएका छन् । 

    प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - २२:३६:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको