बिहिवार, कार्तिक १३ गते २०८३

काम रोकिएपछि प्रमुख सचेतक राईले गराए गृह मन्त्रालयको ध्यानाकर्षण

काम रोकिएपछि प्रमुख सचेतक राईले गराए गृह मन्त्रालयको ध्यानाकर्षण

रोदिक खबर

१२, श्रावण २०८०
  • 7.9K
    SHARES
  • काम रोकिएपछि प्रमुख सचेतक राईले गराए गृह मन्त्रालयको ध्यानाकर्षण

    खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारबाट दैनिक सेवा प्रवाहको काम रोकिएपछि नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा प्रमुख सचेतक भुपेन्द्र राई गृह मन्त्रालयलाई ध्यानाकर्षण गराउन पुगेका छन् ।

    कर्मचारी विहीन भएपछि तीन पालिकाका नागरिक सेवाबाट बञ्चित भएको भन्दै राई गृह मन्त्रालयमा ध्यानाकर्षण गराउन पुगेका हुन् । खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका नागरिकले नागरिकता, आदिवासी, दलित, विपन्न लगायतका सिफारिस जस्ता सेवा इलाका प्रशासनबाट लिने गरेका थिए । उक्त सेवा कर्मचारी विहीन भएपछि लिनबाट बञ्चित भएका हुन् ।

    दुई दिन लगाएर सेवा लिन आउने सेवाग्राहीले इलाका प्रशासनबाट सेवा लिन नपाएपछि पूनः दुई दिन लगाएर जिल्ला प्रशासन धाउनु परेपछि राई गृह मन्त्रालयलाई विहीबार ध्यानाकर्षण गराउन पुगेका हुन ।

    यसरी सेवा इलाका प्रशासनबाट नपाएपछि कतिपय नागरिकले सरकार कहाँ छ ? भनी सामाजिक सञ्जालमासमेत प्रतिक्रिया लेखेका छन् । राईको ध्यानाकर्षणपछि गृह मन्त्रालयले साउन १४ गते आइतबारदेखि कर्मचारी व्यवस्थापन गरेर नियमित सेवा प्रवाह गर्ने जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १०:१८:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको