• ट्रेण्डिङ:

नेपाल विद्यार्थी संघ खोटाङद्वारा मास्क वितरण

नेपाल विद्यार्थी संघ खोटाङद्वारा मास्क वितरण

रोदिक खबर

२४, भाद्र २०७७
  • 4.2K
    SHARES
  • नेपाल विद्यार्थी संघ खोटाङद्वारा मास्क वितरण

    खोटाङ । कोरोनाको संक्रमणबाट बच्नका लागि नेपाल विद्यार्थी संघ खोटाङले दिक्तेलबजारमा मास्क वितरण गरेको छ ।  १०७ औं वीपी जयन्तीको अवशरमा संघले बुधवार खोटाङको सदरमुकाम दिक्तेलबजारका रत्नपार्क, हाटडाँडाँ, त्रिवेणी चौक, अस्पताल चौकलगायतका स्थानमा मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम गरिएको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । 

    2.jpg

    अहिले दिनानुदिन कोरोनाको संक्रमण बढिरहेकाले सबैलाई सचेत गराउन र मास्कको नियमित प्रयोगबाट धेरै रोगहरुबाट बच्न सकिने भएकाले मास्क वितरण गरेर सबैलाई माक्सको प्रयोग गर्ने सन्देश दिन मास्क वितरण गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । 

    a.jpg

    नेविसंले कोरोनाबाट सुरक्षित राख्न र आम नागरिकहरुलाई सचेत बनाउनका लागि दिक्तेलबजारमा हिडिरहेका व्यक्ति, सुरक्षाकर्मी, कर्मचारी, मजदुर, विद्यार्थी लगायतलाई एक हजार ९ सय पिस निःशुल्क मास्क वितरण गरिएको हो ।

    3.jpg

    4.jpg

    5.jpg

    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १३:३९:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको