• ट्रेण्डिङ:

संविधानले थरथरमा अधिकार र घरघरमा सिहदरवार दियो तर कार्यान्वयन भएन : महामन्त्री राई

संविधानले थरथरमा अधिकार र घरघरमा सिहदरवार दियो तर कार्यान्वयन भएन : महामन्त्री राई

रोदिक खबर

२१, श्रावण २०८०
  • 12.6K
    SHARES
  • संविधानले थरथरमा अधिकार  र घरघरमा सिहदरवार  दियो तर कार्यान्वयन भएन  : महामन्त्री राई

    खोटाङ । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा प्रदेश सभा सदस्य भुपेन्द्र राईले संविधानले सबैको अधिकार सुनिश्चित गरेपनि कार्यान्वयन नभएको बताएका छन् । टक सेन्टरले आइतबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको  संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री एवम् प्रमुख सचेतक  राईले संविधानले थरथरमा अधिकार  र घरघरमा सिंंहदरवार  दियो तर कार्यान्वयन  नभएको बताएका हुन् ।

    यो संविधानभित्र महिलाको अधिकार, जनजातिको अधिकार, मधेसीको अधिकार, थारुको अधिकार, सम्पूर्ण  नागरिकको अधिकार उल्लेख भएकोे छ, यो नेपालको मात्र होइन विश्वकै नागरिकहरुलाई बढि अधिकार दिइएको हामी नेपालीको धनी संविधान हो, महामन्त्री  एवम् प्रमुख सचेतक राईले भने कुनैपनि नागरिकले एउटा कोठाभित्र बसेर संविधिान पढ्यो भने हर्षका आशु झार्छ, उसले संविधानभित्र आफूलाई भेट्छ, आफ्नो अधिकार भेट्छ तर कोठाबाट निस्कदै गर्दा ऊ किन भकानिदै निस्कन्छ यसले हामी जनप्रतिनिधि र राजनीतिककर्मीहरुमाथि गम्भीर प्रश्न उठेको छ । 

    नागरिकले संविधान र व्यस्थाको विरोध गर्नु भएको छैन तर उहाँहरुले जनप्रतिनिधि र राजनीतिककर्मीहरुको बिरोध गरिरहनु भएको छ प्रमुख सचेतक राईले भने अव व्यवस्था बदलेर मात्र हुँदैन हाम्रो व्यवहार र आचरणमा सुधार गर्न आवश्यक छ । संविधानमा अधिकारका लागि विभिन्न संवैधानिक आयोगहरु गठन हुने व्यवस्था छ, यसले आम नागरिकको सम्पूर्ण समस्याहरुलाई सम्वोधन गर्ने व्यवस्था गरिएको उल्लेख गदै प्रमुख सचेतक राईले राईले समावेशी र समानुपातिक ढंगले नेतृत्व चयन गरेपनि संविधानको मर्म र भावना अनुसार काम हुन नसकेको बताए  ।

    संविधान जारी भएको आठ वर्ष वित्यो तरपनि पूर्ण कार्यान्वयन नहुँदा नेपालमा आज फेरिपनि व्यालेटबाट नागरिकले बिद्रोहको संकेत गर्न थाल्नु भएको छ, नागरिकहरु संन्तुष्ट हुनुहुन्न  प्रमुख सचेतक राईले राईले भने सबैले सोच्न जरुरी छ । 

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सदस्य कुन्दनराज काफ्ले, नेपाली कांग्रेस बागलुङ सभापति  तथा गण्डकी प्रदेश सभा सदस्य जित बहादुर सेरचन, नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति तथा पूर्व मन्त्री भिमसेनदास प्रधानले सम्बोधन गरेका थिए ।

    प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १७:३१:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको