• ट्रेण्डिङ:

छानबिन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

छानबिन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

रोदिक खबर

२४, श्रावण २०८०
  • 9.9K
    SHARES
  • छानबिन समितिको माग गर्दै एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

    काठमाडौं । नेकपा एमालेले छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा बैठक अवरुद्ध गरेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमालेले आइतबारको प्रतिनिधिसभा बैठक पनि सुरु हुनेवित्तिकै बोल्ने समय मागेको थियो ।

    तर सत्तापक्षका सांसदहरुले पनि बोल्न समय मागे । सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाए । सभामुखले एमाले सांसद थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका हुन् ।

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १४:०१:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको