• ट्रेण्डिङ:

उच्चस्तरीय छानबिन समिति बन्न नसके सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्दछ : प्रदीप पौडेल

उच्चस्तरीय छानबिन समिति बन्न नसके सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्दछ : प्रदीप पौडेल

रोदिक खबर

२८, श्रावण २०८०
  • 8.5K
    SHARES
  • उच्चस्तरीय छानबिन समिति बन्न नसके सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्दछ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

    कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च स्तरीय छानविन समिति बन्नुपर्ने निर्णय दलको बैठकमा राखे । हालसम्मका सबै भ्रष्टचारका मुद्धा छानविन गर्ने गरि उच्चस्तरीय समिति बन्नुपर्ने मत पौडेलले राखेका छन् ।

    सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टचारको छानविन हुने गरि शक्तिशाली समिति बनाउनुपर्ने पौडेलले बताए । उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्ने तर्क पौडेलले राखे ।

    कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनले बताए । ‘सरकार र दल फरक होइन? सरकारलाई हामीले औंला ठड्याउन सक्नुपर्दैन?’ पौडेलले भने ।

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - १७:४१:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको