• ट्रेण्डिङ:

स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न ओली–प्रचण्डबीच छलफल

स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न ओली–प्रचण्डबीच छलफल

रोदिक खबर

२४, भाद्र २०७७
  • 2.0K
    SHARES
  • स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न ओली–प्रचण्डबीच छलफल

    काठमाडौं । लामो समयदेखि स्थगित भएर आगामी भदौ २६ गते बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको तय गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्।

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल भइरहेको छ । गत असार १० गतेदेखि जारी पार्टीको पाँचौँ स्थायी कमिटी बैठकमा आरोपप्रत्यारोप चलेपछि १० पटकभन्दा बढी स्थगित भईसकेको छ ।

    यसपटकको स्थायी समिति बैठकमा विवाद समाधानका लागि लैजाने प्रस्तावका विषयमा दुई अध्यक्षबीच छलफल भइरहेको बताईएको छ । नेकपामा विवाद समाधानका लागि बनाइएको कार्यदलको प्रतिवेदनमाथि सचिवालयमा छलफल भइसकेको छ। त्यसलाई स्थायी कमिटीमा लैजाने तयारी रहेको बुझिएको छ।

    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १४:५६:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको