• ट्रेण्डिङ:

राप्रपा अध्यक्ष लिङ्देनलाई आरोप पुष्टि गर्न प्रमुख सचेतक भुपेन्द्र राईको चुनौती

राप्रपा अध्यक्ष लिङ्देनलाई आरोप पुष्टि गर्न प्रमुख सचेतक भुपेन्द्र राईको चुनौती

रोदिक खबर

३, भाद्र २०८०
  • 8.6K
    SHARES
  • राप्रपा अध्यक्ष लिङ्देनलाई आरोप पुष्टि गर्न प्रमुख सचेतक भुपेन्द्र राईको चुनौती

    खोटाङ । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा प्रमुख सचेत भुपेन्द्र राईले राप्रपा अध्यक्ष लिङ्देनलाई आरोप पुष्टि गर्न चुनौती दिएका छन् । लिङ्देनले शनिबार सामाजिक संजालमा कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले आर्थिक चलखेल सुरु गरेको भनेर लेखेपछि त्यसको प्रतिकारमा राईले लिङ्देनको अभिव्यक्ति प्रदेश संरचना, संघीयता र यो व्यवस्था माथिको आक्रमणको हो भनेर सामाजिक संजालमा लेखेका छन्।

    bhupen.jpg

    ‘राप्रपाजस्तो राष्ट्रिय पार्टीका अध्यक्षको स्टन्टबाजी जनतामाझ सही देखिएको छैन। हामी उहाँले नै भनेको कुरा प्रमाणित गर्नका लागि चुनौती दिन्छौं। यस्तो कुरा प्रदेशमा रहेका दलबाट सम्भव छैन’, उनले भने। प्रदेशलाई कम आँक्न र कमजोर बनाउन राप्रपा अध्यक्षले गलत प्रचार गरेको प्रमुख सचेतक राईको भनाइ छ।

    राईले त्यसको कटाक्ष गर्दै सामाजिक संजालमा लेखेका छन् - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले विश्वासको मत लिन र सत्ता टिकाउन प्रदेशसभा सदस्यहरूलाई मन्त्री र रु १० करोड प्रस्ताव गर्दैछन् भन्ने आसयको अभिव्यक्ती सामाजिक सञ्जालमा पोष्ट गरेर गैरजिम्मेवारी देखाउनुभएको त छैन ?

    हामीले उहाँको अभिव्यक्तीलाई प्रदेश संरचना, संघीयता र यो व्यवस्था माथिको आक्रमणको रुपमा पनि बुझेका छौं। उहाँलाई आफूले ब्यक्त गरेको कुरा प्रमाणित गर्न चुनौति दिन चाहन्छु। साथै यो संघीय लोकतान्त्रिक व्यवस्था तपाईं र तपाईंको पार्टीको इच्छा र अनुकम्पाले आएको व्यवस्था होईन, यस प्रति गिद्दे नजर नलगाउँदा राम्रो।

    लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्–‘पूर्वमा विश्वासको मत लिने दिनको टुङ्गो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त।’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।

    Linden.jpg

    कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनेमा विश्वस्त रहेको महामन्त्री राईले बताए । मुख्यमन्त्री थापाले ९३ प्रदेशसभा सदस्यमा ४७ जनाको समर्थन रहेको बताउँदै सोमबार हुने विश्वासको मतमा गठबन्धन दल ढुक्क रहेको बताएका हुन्। उनले भने, ‘हामी संवैधानिक प्रक्रियाबाट अघि बढेका हौं। सोही प्रक्रियाअनुरूप भोलि विश्वासको मत लिनेछौं।’

    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १७:०२:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको